इन्टरललाई इटालियन सिरी 'ए' को उपाधि
इन्टर २० औं पटक लिग च्याम्पियन
काठमाडाैं | बैशाख ११, २०८१
काठमाडौं: इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी 'ए' को उपाधि जितेको छ ।
चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर २० औं पटक लिग च्याम्पियन बनेको हो ।
सर्वाधिक लिग जितमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ ।
एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट एसीमिलान ६९ अंकसहित दोस्रो स्थानमा छ ।
अब लिगमा १५ अंकको मात्र खेल बाँकी हुँदा एसी मिलान भन्दा इन्टर १७ अंकले अघि छ । इन्टरको लागि फ्रान्सेस्को असेर्बीले १८औं र मार्कुस थुरामले ४९औं मिनेटमा गोल गरे ।
एसी मिलानका लागि फिकायो तोमोरीले ८०औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । इन्जुरी टाइममा इन्टरका डेन्जल ममफ्राइस तथा एसी मिलानका थियो हर्नान्डेज र डेविढ कालाब्रिअले रातो कार्ड पाएका थिए ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

